arrow

कर्णाली प्रदेशका मुख्यमन्त्रीको गाडिमा नेविसंघले लेख्यो 'माफिया सरकार'

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
chief-minister-gadi.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडिमा माफिया सरकार मुर्दावाद लेखेको छ । स्वास्थ्य शिक्षा विधेयक पारित गराएर सरकारनै माफियाको निर्देशनमा चलेको भन्दै नेविसंघका विद्यार्थीहरुले मुख्यमन्त्री शाहीको गाडिमा माफिया सरकार मुर्दावाद लेखेका हुन् ।  

नेविसंघले माफियाको निर्देशनमा सरकार चल्न थालेको आरोप लगाउदै  सरकारी गाडिमा माफिया सरकार मुर्दावादको नारा लेख्ने अभियान सुरु गरेको छ।

नेविसंघ केन्द्रीय सदस्य अनिलबहादुर शाही, अर्जुन बमको नेतृत्वको टोलीले मुख्यमन्त्रीको सवारीमा माफिया सरकार मुर्दावाद लेखेको हो ।

विद्यार्थीहरुले आइतबार काठमाडौंमा सरकारी गाडि नियन्त्रणमा लिदै माफिया सरकार मुर्दावाद लेखेका थिए । नेविसंघका नेता नवराज त्रिपाठी, दुजाङ शेर्पा लगायतले सरकारी गाडिमा माफिया सरकार लेख्ने अभियान सुरु गरेका हुन् । उनिहरुले सरकारी गाडि तोडफोड गरेर राज्यको क्षति पुर्याउनु भन्दा लेख्ने अभियान सुरु गरेको नवराज त्रिपाठीले बताए। सरकारलाई माफियाले चलाइन्जेल तथा सरकारमा माफियाराज भएसम्म सरकारी सवारी साधनमा माफिया सरकार मुर्दावाद लेख्ने अभियान जारी राख्ने उनले बताए ।  

यतिखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल, नेविसंघ , महिला संघ आन्दोलनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ