arrow

प्रहरीको हत्या गर्न रोबर्टलाई मृत्युदण्ड

logo
एएफपी,
प्रकाशित २०७५ माघ १७ बिहिबार
Robert-jennings-death-2019-texas.jpg

वासिङ्टन। प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ। तीस वर्षअघि रोबर्ट चेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए।

जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समय अनुसार बिहानै ६ बजे मृत्युदण्ड दिइएको थियो। जेनिङ्सले जुलाई १९, १९८८ मा ह्युस्टनको पुस्तक पसलमा प्रहरी अधिकारी एल्स्टन होवार्डलाई गोली हानी हत्या गरेका थिए। संयुक्तराज्य अमेरिकामा जेनिङ्स विरुद्ध दिइएको यो मृत्युदण्ड सन् २०१९ को पहिलो घटना हो।

जेनिङ्स विरुद्ध सन् १९८९ मै मृत्युदण्डको फैसला सुनाइएको थियो। तर माफीको माग गर्दै दर्जनौं मुद्दा अदालतमा दर्ता भएका थिए। यसै साता अदालतले उनको पछिल्लो आग्रहलाई अस्वीकार गरेको थियो।

सन् २०१८ मा अमेरिकामा २५ जनालाई मृत्युदण्ड दिइएको थियो। तीमध्ये टेक्सास राज्यमा मात्र १३ जनाले यस्तो सजाय पाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ