वीरगन्ज । छोरीलाई दाइजो नभई शिक्षाको ज्योति प्रदान गर्न सबै अभिभावहरुलाई एक कार्यक्रमका वक्ताहरुले अनुरोध गरेका छन्। वक्ताहरुले दाइजोले समाजमा विकृतिमात्र सिर्जना गर्ने भएपनि शिक्षाले छोरीलाई आत्मर्निभर र राष्ट्रलाई समृद्ध बनाउन मद्दत पुग्ने भएकाले छोरीलाई शिक्षित बनाउन आग्रह गरेका छन् ।
दाइजो लिनु दिनु र वालविवाह गर्नु दण्डनिय अपराध हो भन्ने मुल सन्देशका साथ आज वीरगन्ज महानगरपालिकाको वडा नं. २६ सुगौलिविर्तामा जिल्ला प्रहरी कार्यालय पर्साले कार्यक्रम आयोजना गरेको हो। तराइका जिल्लाहरुमा मुख्य सामाजीक समस्याको रुपमा रहेको वालविवाह र दाईजो जस्ता कुप्रथा विरुद्ध चलाइएको अभियान अन्तरगत प्रहरीले कार्यक्रम आयोजना गरेको छ।
“समुदाय–प्रहरी सांझेदारी कार्यक्रम”अन्तरगत आयोजना गरिएको कार्यक्रमका सहभागि वक्ताहरुले दाइजो कैं कारण सानो उमेरमा हुँने विवाहले महिलाको जिवनलाई जोखिममा पार्नुको साथै समाज थप कमजोर बनाउने र अपराधतर्फ डोर्याउने गरेकाले त्यसबाट जोगिन सबैलाई अनुरोध गरेका छन । वक्ताहरुले छोरा सहर छोरीलाई शिक्षा दिनुको साथै कानुनले तोकिएको उमेरमा मात्र विवाह गरे छोरीको जिवन खुशहाल र समाज समृद्ध हुने विचार व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले छोरीलाई शिक्षाको अवसर प्रदान गरे समाज मात्र नभई राष्ट्र नै समृद्ध र सुसंस्कृति हुने विश्वास व्यक्त गरे । उनले विद्यालयस्तरसम्म सरकारले शिक्षालाई निःशुल्क गरेको जानकारी दिदै, सानो उमेरमा विवाह गरी छोरीको ज्यान जोखिम्मा पार्नु भन्दा शिक्षीत बनाई छोरीलाई आत्मर्निभर बनाउनु समाज र राष्ट्रको हितमा हुने ठोकुवा गरे ।
वीरगन्ज महानगरपालिकाको वाड नं.२६का वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, पोखरिया नगरपालिकाकी उपप्रुमख सलमा खातुन, सामाजिक अभियन्ता प्रकाश ठाकुर लगायतका वक्ताले लैंगिक हिंसा, वालविवाह, लागुऔषध र्दुव्यशन जस्ता विकृतिलाई रोकन प्रहरीलाई समुदायले सहयोग गर्नु आवस्यक रहेको धारणा व्यक्त गरेका थिए ।
जय हनुमान नाट्य प्रतिस्ठानका कलाकारले कार्यक्रममा सानो उमेरमा विवाह गर्दा र दाइजोकै कारण छोरीले भोग्नु पर्ने पिडाहरुलाई चित्रण गर्दै नाटक प्रस्तुत गरेका थिए भने प्रसिद्ध गायक शुनिल पण्डित लगायतका कलाकारले दाइजो वारे गितहरु प्रस्तुत गरेका थिए ।