arrow

सन्दीप जोराले रचे कीर्तिमान, बने टी–२० मा अर्धशतक बनाउने कान्छा खेलाडी

दोस्रो टी–२० शुक्रबार 

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
sandip-jora.jpg

काठमाडौं । युएई विरुद्धको टी–२० अन्तर्राष्ट्रिय  क्रिकेटका क्रममा नेपाली खेलाडीहरुले कीर्तिमान रच्ने क्रम जारी रहेको छ ।

एक दिवसीय क्रिकेटमा अर्धसतक बनाउने कान्छा खेलाडी रोहितकुमार पौडेल बने । जसले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीदीको कीर्तिमान तोडे । 

टी–२० मा सन्दीप जोराले तोडेका छन् । बिहीबार भएको खेलमा ४६ बलमा अविजित रहँदै ५३ रन बनाएर डेब्यु खेलमै अर्धसतक बनाएका सन्दीप जोरा सबैभन्दा कान्छा खेलाडी हुन् । 

सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले जनाएको छ । 

युएई विरुद्धको पहिलो खेलमा नेपाल २१ रनले पराजित भए पनि सन्दीपले कीर्तिमान बनाएका हुन् । 

सोमबार भएको यूएईविरुद्ध एक दिवसीयको तेस्रो खेलमा डेब्यु गरेका सन्दीपले बिहीबार टी–२० मा पनि डेब्यु गरेका थिए । अर्धशतक प्रहार गर्दै सन्दीप टी–२० डेब्युमा नेपालका लागि सर्वाधिक रन बटुल्ने खेलाडी पनि बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ को टी–२० विश्वकपमा हङकङविरुद्ध ४८ रन जोडेका थिए ।

दोस्रो टी–२० शुक्रबार 
नेपालले युएई विरुद्धको दोस्रो टी–२० शुक्रबार खेल्दैछ । खेल २ः४५ बजे दुबाईमा हुँदैछ । तीन खेलको श्रृंखलामा नेपाल १–० ले पछि छ । यसअघिको एक दिवसीय श्रृंखलामा नेपाल २–१ ले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ