समयमा खान र स्वतन्त्रपूर्वक बस्न पाइन्छ भनेर जेल जान्छन् वृद्धवृद्धा
प्रकाशित २०७५ माघ १८ शुक्रबार
208
Shares
काठमाडौं । खाना नै बाँच्ने सबैभन्दा प्रमुख आधार हो भन्ने स्पष्टै छ । खानकै लागि कोही जेल जान्छ भन्ने पढ्दा कति पीडा हुन्छ होला ।
त्यस्तै भएको छ आर्थिक समृद्धिको शिखरमा भएको जापानमा पनि । जापानका वृद्धवृद्धाहरु खान पाइन्छ भनेर जेल जानकै लागि अपराध गर्छन् ।
बिगत २० वर्षमा जेल जाने वृद्धवृद्धाको संख्यामा वृद्धि भइरुहेको छ । जेलमा स्वतन्त्रता र ठीक समयमा खानपिनको व्यवस्था हुने भएकाले जेल जान रुचाउने उनीहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार जापानको हिरोसिमामा बस्ने ६९ वर्षीय तोशियो तकाताले भनेका छन् कि –मैले यसकारण तोडें किनकि म गरिब थिएँ । म यस्तो ठाउँमा जान चाहन्थें जहाँ निशुल्क खानपीनको व्यवस्था हुन सकोस् । चाहे त्यो ठाउँ जेल नै किन नहोस् । म पेन्सनको बाटोमा थिएँ । मेरो जिन्दगी बिना पैसा गुज्रिरहेको थियो ।’
उनले ६२ वर्षको उमेरमा पहिलो अपराध गरेका थिए । तर उनलाई अदालतले दया देखाएर एक वर्षका लागि मात्र जेल पठायो ।
त्यसपछि उनले निरन्तर अपराध गरिरहे । उनले एक पटक बार पार्कमा महिलालाई चक्कु देखाए ताकि डराएर उनले पुलिस बोलाउने छिन् र उनी जेल जान मद्धत पुग्नेछ । तोशियोले ८ वर्ष जेलमा गुजारिसकेका छन् ।
जापानमा ६५ वर्षमाथिका वृद्धवृद्धाले अपराध गर्ने क्रम बढेको छ । सन् १९९७ मा २० अपराधीमा यो उमेर बर्गबाट एक जना अपराधी हुँदा अहिले पाँच जनामा एउटा वृद्धवृद्धाको प्रतिनिधित्व हुने गरेको छ ।
७० वर्षकी एक महिलाका अनुसार उनी पतिसंग बस्न चाहन्नथिन् त्यसपछि उनले चोरी गरिन् । अहिले उनी ८० वर्षकि छिन् ।
सन् २०१६ मा २५ सय भन्दा बढी वृद्धवृद्धालाई दोषी ठहर्याइएको छ । जापानमा वृद्धवृद्धालाई सरकारले दिने पेन्सनबाट जीवनयापन गर्न कठिन हुने भएपछि उनीहरु खान र स्वतन्त्रपूर्वक बस्नका लागि जेल जाने गरेका छन् ।