arrow

एक वर्षमा २६ शान्ति सेना मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ १८ शुक्रबार
united-nations.jpg

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ। राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ जना सर्वसाधारण परेका छन्।

उनीहरु सबै जना घृणित आक्रमणमा परी मारिएको राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिए। यद्यपी, सन् २०१८ मा मारिनेहरुको संख्या पछिल्ला पाँच बर्षमा सबैभन्दा कम भएको पनि उनले बताए। यो संख्या सन् २०१७ को भन्दा आधा कम भएको नियमित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।

राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन्। त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आठ जना र मध्य अफ्रिकामा सात जना मारिएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये तीनसय ४४ जना विभिन्न आक्रमणमा परी मारिएको राष्ट्रसङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ