arrow

दिपेन्द्रको व्याटिङले युएई बिरुद्ध नेपाल विजयी

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
nepal_vs_uae.jpg

काठमाडौं ।  यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । दिपेन्द्र सिंह ऐरीले ४७ रनमा नट आउट रहेर नेपाललाई विजयी दिलाए । यो जीतसँगै नेपालले युएइसँग १-१ को बराबरी गरेको छ ।

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । लगातार खराब शुरुआत गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ आएसँगै लामो साझेदारी गर्दै नेपालको पोल्टामा खेल ल्याउन सफल भए ।

 नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्का आउट भए । फेरी ९ बलमा अर्का ओपनर प्रदीप ऐरी ८ रनमा आउट भए । त्यसैगरि ज्ञानेन्द्र मल्ल ७ रनमा पेभेलियन फर्किए। पारस आउट भएलगत्तै क्रिजमा आएका करण केसीले २३ बल खेल्दै २० रन बनाए खेललाई सामान्य सुधारमा ल्याए ।

सन्दीप जोरा शुक्रबारको खेल्मा भने चल्न सकेनन् । चार बल फेस गरेका सन्दीप १ रन बनाउँदै आउट भएका थिए । पाँच विकेट गुमाँउदा ४६ रन बनाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले ५५ रनको बनाएर नेपाललाई जीत नजिक बनाए । १८ रन बनाएर खेली रहेका शर्राफ आउट भए । त्यसलगतै व्याटिङमा आएका सोमपाल कामीले कुनै बलको सामना गर्न नपाउदै दिपेन्द्र सिंह ऐरीले छक्का र चौका हानेर १११ रन बनाउदै  १०८ को लक्ष्य ४ बिकेटले नेपाललाई विजयी बनाए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ