arrow

सुगतरत्न बचाउन १२ भाइ कस्सिएः वाइडबडी खरिदको अनियमितता पुष्टि गर्न चुनौती

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
kansakar.jpg

काठमाडौं। नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे, आफ्नो फेसबुक वालमा। विज्ञप्ती, पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायीको तर्फबाट जारी गरिएको थियो, अघिल्लो दिनको मितिमा।

विज्ञप्तीका केही शब्द प्रिन्टको ठाउँमा हातैले थपथाप पनि गरिएको छ। विज्ञप्तीमा पर्यटन व्यवसायको प्रबद्र्धनका लागि अपिल गरिएपनि, घुमाउरो भाषामा, कंसाकारको पक्षपोषण गरिएको छ। वाइडबडी खरिद प्रकरणमा मुछिएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाईलाई जोगाउन पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न १२ वटा संस्थाका प्रमुखहरुले विज्ञप्ती निकालेको प्रष्ट देखिन्छ।

उनीहरुले कसैको स्वार्थका लागि नेपाल वायु सेवा निगमलाई तहसनहस बनाउन खोजको आरोप समेत लगाएका छन्। वाइडबडी खरिदमा कुनै कमजोरी भएको भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती दिँदै उनीहरुले भिजिट नेपाल २०२० लाई असफल बनाउन र निगमलाई कमजोर बनाउन षडयन्त्र गरिएको दाबी सहित थप वाइडबडी, न्यारोबडी र सानो किसिमका जहाज खरिद गर्न माग समेत गरेका छन्।

विज्ञप्ती निकाल्नेमा, नाटाका अध्यक्ष सीएन पाण्डे, हानका अध्यक्ष अमरमान शाक्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य, भिटोफ नेपालका अध्यक्ष मधुसुदन उपाध्याय लगायत छन्।

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले, निगमको वाइडबडी खरिदमा ४ अर्ब ३५ करोडको अनियमितता भएको ठहर गरेको थियो, जहाँ कंसाकारलाई मुख्य मतियार मान्दै वर्तमान पर्यटन मन्त्री रबिन्द्र अधिकारीमाथि समेत कार्वाही गर्न र पूर्व दुईमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्ने सहितको प्रतिवेदन तयार पारेको थियो।

तर लेखा समितिले भने वर्तमान सहित तीनै मन्त्रीलाई नैतिक जिम्मेवारी सहित कंसाकार र अरु केही पदाधीकारीमाथि कार्वाही चलाउन अख्तियार गुहार्ने निर्णय गरेको छ। यो विषयमा सरकारले पनि छुट्टै आयोग गठन गरेको छ। 
 
कंसाकारले फेसबुक वालमा राखेको विज्ञप्ती :

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ