arrow

सोमबारको प्रदर्शनमा २५ हजार उतार्ने धनुषा कांग्रेसको तयारी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ माघ १९ शनिबार
baglung-congress-rally.jpg

जनकपुरधाम। नेपाली कांग्रेस धनुषाले माघ २१ गते सोमवार जनकपुरमा गर्ने विरोध प्रर्दशनमा २५ हजार नागरिकलाई उतार्ने तयारी गरेको छ। 

नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले सोमवारको प्रदर्शनमा २५ हजारभन्दा बढीको संख्यामा सहभागिता रहने जनाएका छन्।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गिरीले देशमा कम्युनिष्ट सर्वसतावादतर्फ उन्मुख भईरहेकोले सरकारको अलोकतान्त्रिक काम कारवाही विरुद्ध प्रर्दशन हुन लागेको बृहत बिरोध प्रर्दशनमा सबैले आ—आफनो स्तरबाट सहयोग गर्न आग्रह गरेका छन्।

वर्तमान कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भमा बिपक्षी दलहरुको भुमिकालाई गौण बनाउनु अलोकतान्त्रिक चरित्र भएको गिरीले बताए ।

पत्रकार सम्मेलनमा जनसहभागितको आह्वन गर्दैै गिरीले सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बलजर्बजस्ती पारित गरिनु, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बसाई महत्वपुर्ण नियुक्तिहरु गरिनु लोकतान्त्रिक मुल्य र मान्यताको विपरित रहेको उल्लेख गर्दै विधिको शासनको लागि जनसरोकारहरुको मुद्दामा केन्द्रित रही हुने प्रर्दशनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह पनि गरे।

देशमा बढदै गएको कालोबजारी, महंगी, दोहरो तेहेरो कर, भ्रष्टाचार, बलात्कार, अन्याय, अत्याचार र अनेकौं जनविरोधी निर्णयहरु विरुद्ध उभिन धनुषावासीलाई गिरीले आग्रह गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ