arrow

कम्युनिष्टको गढ प्युठानमा कांग्रेसका यातायात व्यवसायीहरु निर्वाचित

logo
दिपक भण्डारी,
प्रकाशित २०७५ माघ १९ शनिबार
pyuthan-transport-congress.jpg

प्युठान। लामोसमयदेखि कम्युनिष्ट गढको रुपमा रहेको प्युठानमा यातायात व्यवसायीहरुबीच भएको निर्वाचनमा कांग्रेस निकट व्यवसायीहरु निर्वाचित भएका छन्। 

प्युठानको स्वर्गद्धारी सार्बजनिक यातायात ब्यबसायी समितिको आठौँ जिल्ला अधिबेशनबाट जिल्लामा रहेका विभिन्न दल निकटहरुको संयुक्त प्यानललाई हराई कांग्रेस निकट लोकतान्त्रिक प्यानल बिजयी भएको हो। 

अधिबेशनबाट ४२ मतको अन्तरमा लोकतान्त्रिक यातायात ब्यबसायी समितिका अध्यक्ष सुशिल कुमार बस्नेत सुनिलको प्यानल बिजयी भएको हो। 

अध्यक्ष बस्नेतले १ सय १५ मत ल्याउँदा उनका निकटम प्रतिद्धन्दी संयुक्त ब्यबसायी प्यानलका अध्यक्ष चन्द्रमान श्रेष्ठले जम्मा ७३ मत प्राप्त गरेका थिए। बरिष्ठ उपाध्यक्ष हिमाल पोख्रेलले १ सय १४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी बिर बहादुर थापाले ७१ मत प्राप्त गरे।

त्यस्तै द्धितिय उपाध्यक्ष धिरेन्द्र पण्डितले १ सय ४ मत ल्याउँदा उनका निकटम प्रतिद्धन्दी सुरेश कुमार श्रेष्ठले ७८ मत प्राप्त रेका थिए।

महासचिब कुमार श्रेष्ठको १ सय ११ मत आउदा उहाँका निकटम प्रतिद्धन्दी यामलाल श्रेष्ठको ७१ मत रहेको थियो। यस्तै लोकतान्त्रिक प्यानलका अन्य सबै उम्मेद्धारहरु नन्दराम पौडेल, रमेश केसी, बिशाल शर्मा, हरि खड्का, केशबराज पाण्डे, नारायण केसी, सुवास खड्का, राम प्रसाद पौडेल, कमल मल्ल, शिब बहादुर खड्का, सुनिल पोख्रेल, शरद अधिकारी अत्याधिक मतका साथ बिजयी भएका छन्।

जिल्लामा क्रियासिल राजनैतिक दल निकटका संयुक्त ब्यबसायी प्यानलहरु एकातिर  रहेर चुनाव लडेका थिए भने नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल अर्कोतिर थियो।

यो निर्वाचन परिणामले कांग्रेस तथा कांग्रेस निकटहरुलाई उत्साहित बनाएको छ। निर्वाचितहरुलाई प्युठान कांग्रेस सभापति अमर भण्डारी लगायतका कांग्रेस नेताहरुले अबिर लगाएर वधाई समेत दिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ