arrow

शिखरको एकल सेल मेलामा जुत्ता खरिद गर्दा क्यान इन्फोटेकको टिकट सित्तैमा

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
shikhar-shoes.jpg

काठमाडौं। शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जारी एकल सेल मेलामा १ हजार रुपैयाँभन्दा बढीको जुत्ताचप्पल किन्ने ग्राहकलाई क्यान इन्फोटेकको टिकट निशुल्क उपलब्ध गराउने भएको छ। शिखरको सेल मेला भृकुटीमण्डपको प्रवेशद्वारसँगै भइरहेको छ। मेला माघ २३ सम्म हुने छ।

भृकुटीमण्डपकै प्रदर्शनी हलमा चलिरहेको सूचना प्रविधिको मेला क्यान इन्फोटेकमा आउने उपभोक्तालाई हामीले विशेष अफर ल्याएका छौं, शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, शिखरको सेल मेलामा जुत्ताचप्पल किन्नेलाई क्यान इन्फोटेकमा प्रवेश गर्ने टिकट उपलब्ध गराउने छौं ।

क्यान इन्फोटेकको अबलोकन गर्न आउनेहरुले भृकुटीमण्डपको गेटमै रहेको शिखरको सेल मेलामा भारी छुटमा जुत्ताचप्पल खरिद गर्न सक्ने प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । शिखरको मेलामा निशुल्क प्रवेशको ब्यवस्था छ ।

ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेलामा ग्राहकको अत्यधिक चाप बढेकाले माघ २३ गतेसम्म थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रसाइले जानकारी दिए । शिखरले मेलामा १७५ रुपैयाँमै समेत जुत्ता उपलब्ध गराइरहेको छ ।

यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जनाएको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए ।

सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा भिड लागेको छ।अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् ।

यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् ।

नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ