arrow

घाइते भए मेस्सी तर दुई गोल गरेर उद्दार गरे बार्सिलोनालाई   

logo
प्रकाशित २०७५ माघ २० आइतबार
messi32.jpg

काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । शनिबार राति भएको खेलमा भ्यालेन्सियासंग हार हुनबाट जोगाए पनि मेस्सी घाइते हुँदा भने एल क्लासिकोको मुख्य भिडन्तअघि नै धक्का लागेको छ । 

Dani Parejo hammers home the penalty to double visitors' lead midway through the first half

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा सुरुको ३२ मिनेटभित्र बार्सिलोना २–० ले पछि परेको थियो । भ्रमण टोली भ्यालेन्सियाका लागि २४ औँ मिनेटमा केविन गामेइरो तथा ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा ड्यानिएल पारेजोले गोल गरेका हुन् ।

Barcelona defender Sergi Roberto is yellow carded after conceding a penalty in the first half

३९ औँ मिनेटमा मेस्सीले पहिलो गोल गरेर अन्तर कम गरे । पहिलो हाफमा २–१ ले पछि परेको बार्सिलोनाले ६४ औँ मिनेटमा पेनाल्टी पायो ।

Lionel Messi celebrates after curling home a second to level the match for Barcelona

मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना हारबाट जोगियो । 

Tempers get frayed as the hosts face dropping valuable points at home in the title race

बराबरी गोल गरेको केही समयपछि नै मेस्सीको दायाँ थाइमा चोट लाग्यो ।

Valencia coach Marcelino Garcia Toral calls for calm after his side's electric start at Nou Camp

तर उनी आउँदो बुधबार कोपा डेल रे फुटबल अन्तर्गत रियाल मड्रिडसँग हुने सेमिफाइनलको पहिलो लेगका लागि फिट हुनेमा आशंका बाढेको छ । 

The deficit is halved when Messi fires home from the spot midway through the first half

तर क्लबले उनी फिट हुने अपेक्षा गरेको छ । 

यो बराबरीपछि शीर्षस्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक छ र उसले आइतबार राति रियल बेटिससँग खेल्दैछ ।

शनिबार रातिका अन्य खेलहरु 
रियाल सोसिडाड २–१ एथ्लेटिको बिल्बाओ 
सेल्टा डी भिगो १–० सेभिया 
लेभान्टे ०–० गेटाफे
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ