arrow

खेर गयो रोनाल्डोको दुई गोल 

logo
प्रकाशित २०७५ माघ २० आइतबार
ronaldo40.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरिए फुटबलमा जित हासिल गर्न सकेन । शनिबार रातिको खेलमा युभेन्टस पर्मासँग ३–३ गोलको बराबरी खेलेको छ ।

Earlier, Ronaldo provided the opener and scored his 16th Serie A goal of the season

युभेन्टसका ड्यानियल रुगानीले अर्को गोल थपे । पर्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । 

युभेन्टसको घरेलु मैदानमा भएको खेलको ३६औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को सुरुवाती अग्रता दिलाए ।

The former Real Madrid talisman span away with his arms outstretched after scoring his goal

६२औं मिनेटमा ड्यानियल रुगानीले गोल गरेपछि युभेन्टस्ले २–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि पर्माका एन्टेनियो बारिल्लाले गोल गर्दै पर्मालाई खेलमा फर्काउने संकेत दिए । 

Gervinho hit the ball first time during additional play, and rifled it past Mattia Perin in goal

पुनः दुई मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए । 

Ronaldo has continued his relentless goal-scoring ways and now leads the way in Italy

७४औं मिनेटमा जेरभिन्होले गोल गर्दै पर्मालाई ३–२ को अन्तरमा ल्याए । इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा जेरभिन्होले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । 

योसंगै पर्माले युभेन्टसबाट अंक खोस्न सफल भयो । बराबरीपछि शीर्षस्थानमा रहेको युभेन्टसको २२ खेलबाट ६० अंक पुगेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई ९ अंकले पछि पारेको छ । पर्मा २९ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

शनिबार रातिका अन्य खेलहरु
इम्पोली २–२ चिएभो
नापोली ३–० साम्पदोरिया
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ