-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । वेष्ट इन्डिजमाथि टेष्ट क्रिकेटमा इंगल्याण्डले घुँडा टेकेको छ । दोस्रो टेष्ट क्रिकेटमा शनिबार राति इंगल्याण्ड १० विकेटले पराजित भयो ।

नर्थ साउन्डमा भएको खेलमा वेष्ट इन्डिजले १४ रनको झिनो टार्गेट २.१ ओभरमै पुरा गरेको हो ।

इंगल्याण्डले पहिलो इनिङमा १८७ रन बनायो । जवाफमा वेष्ट इन्डिजले ३०६ रन जोड्यो ।

दोस्रो इनिङमा इंगल्याण्ड १३२ रनमै रोकियो ।

वेष्ट इन्डिजलाई ठूलो सफलता दिलाउन केमार रोचले उत्कृष्ट प्रदर्शन गरे ।

म्यान अफ द म्याच रोचले पहिलो इनिङमा ३० रन दिएर ४ विकेट लिए ।
दोस्रो इनिङमा रोचले ५२ रन दिएर ४ विकेट नै लिए । जासन होल्डरले दोस्रोमा ४ तथा पहिलोमा १ विकेट लिए ।
जो रुटले कप्तानी सम्हालेको इंगल्याण्डले तीन खेलेको सिरिज २–० ले गुमाइसकेको छ । अन्तिम खेल बाँकी रहँदा क्लिवस्वीपको खतरा बढेको छ ।