arrow

भेनेजुएलामा स्थिति झन् गम्भीर, राष्ट्रपति र विपक्षी नेताको छुट्टाछुट्टै शक्ति प्रदर्शन

logo
प्रकाशित २०७५ माघ २० आइतबार
veneuzeula.jpg

काठमाडौं । भेनेजुएलामा राजनीतिक अस्थिरता झन् गम्भीर मोडमा पुगेको छ । त्यहाँको राजनीतिलाई लिएर विश्वका मुलुकहरु नै विभाजित भइरहँदा आपसमा आक्रोश बढ्दो छ । 

वर्तमान राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोले आफ्ना समर्थकहरु सडकमा उतारेका छन् । उनीहरुले शक्ति प्रदर्शन गरेका छन् । 

राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए ।

राष्ट्रपति निकोलस मादुरोका समर्थकहरुले विपक्षी नेता जुवान गुआइडोलाई विना कारण अरु देशले उचालेको आरोप लगाए ।

खाकी रंगको टिसर्टमा सडकमा उत्रिएकाहरुले निर्वाचनमा हारेका ब्यक्तिले आफूलाई राष्ट्रपति घोषणा गरेकोमा आपत्ति जनाउँदै उनलाई कुनै पनि हालतमा राष्ट्रपति मान्न आफूहरु तयार नरहेको बताए ।

यता राष्ट्रपति मादुरोको बिरोधमा काराकासमै गुआइदोका समर्थकहरुले पनि विशाल प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गर्दै र्याली निकाले । 

निर्वाचन तत्काल घोषणा नभए मादुरोलाई सहयोग गर्न नसक्ने र आफैंलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइदोलाई नै समर्थन गर्ने चेतावनी दिएका छन् ।

गुआइदोलाई अमेरिका, क्यानडालगायतका राष्ट्रले समर्थन गरेका छन् भने मादुरोको समर्थनमा रुस, चीन, टर्की र मेक्सिको रहेका छन् ।

मादुरोको समर्थन गर्दैै नेपालबाट सत्ताधारी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र पठाएपछि अहिले हंगामा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ