arrow

केही घण्टा बाँकी छ नेपालले इतिहास रच्न 

logo
प्रकाशित २०७५ माघ २० आइतबार
nepal-cricket.JPG

काठमाडौं । नेपाली क्रिकेटले इतिहास रच्न अब केही घण्टामात्र बाँकी छ । अनुकुल नतिजा ल्याउन सक्यो भने नेपालले फेरि अर्को इतिहास आफ्नो नाममा लेखाउने छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार दिउँसो युएईसँग तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेल्दैछ । यूएई भ्रमण सकाउनुअघि नेपाललाई सुन्दर इतिहास रच्ने अवसर छ । 

यो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० सिरिज जित्नेछ । सिरिजमा अहिले १–१ को बराबरी छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

नेपालले युएईमाथि एक दिवसीय सिरिज २–१ ले जितेर इतिहास रचेको थियो । १–० ले पछि परेको अवस्थामा नेपालले एक दिवसीय सिरिज जितेकाले त्यही इतिहास टी–२० मा पनि गर्न खोज्दैछ । 

गल्ती सुधारे कीर्तिमान पोल्टामा
गल्ती सुधार गर्ने हो भने नेपालले इतिहास रच्न गाह्रो छैन । तर नेपालको ब्याटिङमा अझै समस्या छ । पहिलो विकेटको पार्टनरसिप हुन सकेको छैन । 

महत्वपूर्ण खेलमा नयाँ नयाँ प्रयोग नै दुर्भाग्य हो । अहिलेसम्म ओपनिङ जोडी सेट हुन सकेको छैन । प्रशिक्षकले खेलाडीको अवस्था बुझ्न सकेका छैनन् । 

खेलाडीहरु खुलेर खेल्न सकेका छैनन् । एक खेलमा देखाएको प्रदर्शनले अर्को खेलमा काम गरेको छैन । 

टी–२० का दुई खेल हेर्ने हो भने सुरुवाती पार्टनरसिप नै छैन । पहिलो खेलमा शीर्ष पाँच ब्याट्सम्यानको रन जोड्दा ४० रन पुगेको थियो । दोस्रो खेलमा पाँच सुरुवाती ब्याट्सम्यानले ४६ रन जोडेका थिए । 

युएईले अब तेस्रो खेल जित्न न्वारनको बल लगाउने नै छ । नेपाली टिम त्यसका लागि तयार छ त ? जित हार हुन्छ नै । तर कन्फिडेन्स भएर खेल्ने हो भने मात्र जित निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ