arrow

२८ वर्षपछि कांग्रेसको पटनामा र्याली, गान्धी मैदानमा राहुल

logo
प्रकाशित २०७५ माघ २० आइतबार
rally2.jpg

काठमाडौं । कांग्रेस आईले २८ वर्षपछि पहिलो पटक भारतको पटनामा विशाल र्याली गर्दैछ । गान्धी मैदानमा कांग्रेस अध्यक्ष राहुल गान्धीले जनआकांक्षा र्यालीलाई संवोधन गर्नेछन् । 

सन् १९८९ मा उनका बाबु राजीव गान्धी पटनाको विशाल र्यालीलाई संवोधन गर्न गएका थिए । 

कांग्रेसले विपक्षी दलका नेताहरुलाई एकजुट हुन आब्हान गर्नेछ । यही र्यालीमार्फत विहारमा महागठबन्धनको तस्वीर सत्ताधारीलाई देखाउने लक्ष्य कांग्रेसको छ । 

rahul gandhi jan akanksha rally in gandhi maidan patna live news update

आइतबार बिहान ११ः१५ बजे राहुल पटना पुग्नेछन् । पाँच घण्टासम्म पटनामै रहेर उनी दिल्ली फर्कने कार्यक्रम रहेको बताइएको छ । 

मंचमा महागठन्धनको एकजुटता देखाउन उनले प्रयास गर्नेछन् । मञ्चमा राजद नेता तेजस्वी यादव, एनडीएबाट अलग भएका नेता उपेन्द्र कुशवाहा, हिन्दूस्तान आवम मोर्चाका नेता जीतनराम मांझी, लोकतान्त्रिक जनता दल लोजदका प्रमुख शरद यादव, विकासशील इन्सान पार्टीका नेता मुकेश साहनी, सीपीआईका नेता सत्यनारायण सिंह लगायत उपस्थित हुनेछन् । 

त्यसैगरी सीपिएमका नेता अवधेश कुमार र विहार भाकपा–मालेका नेता कुणाल पनि सहभागी हुने बताइएको छ । 

मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल पनि सो मञ्चमा देखिने छन् । 

कांग्रेसले पाँच लाख मानिस र्यालीमा सहभागी हुने दावी गरेको छ । ट्राफिक व्यवस्थापनका लागि बिहान ६ बजेदेखि नै सवारी चलाउन उक्त स्थानमा रोक लगाइएको छ । 

राहुल गांधी के काफिले में शामिल होने वाली कारें।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ