arrow

वर्षाका कारण नेपाल-युएई बिचको खेल प्रभावित

logo
प्रकाशित २०७५ माघ २० आइतबार
nepal-uae.jpg

काठमाडौँ । नेपाल र युएईबीच आइतबार तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्निेछ ।

युएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ