arrow

मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा उद्घाटन

logo
प्रकाशित २०७५ माघ २० आइतबार
Mega-Bank-New-Branch-4.jpg

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन्। ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो। जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन्।

भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन भयो। यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन्।

त्रिपुरासन्दुरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्घाट्न गरे।

यस्तै, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गरेका थिए। यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो। 

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ। ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ।

वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भने, ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ।’ मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ