arrow

सोमबार पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै

logo
प्रकाशित २०७५ माघ २० आइतबार
NRB.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ। यस्तै एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ। बैंकले यही माघ १४ गते दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

यस्तै बैंकले आज मात्रै पाँच अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ। पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ