नेपाली क्रिकेट टोली दिउँसो आउँदै, बधाई दिन कहाँ चुके प्रधानमन्त्री ओली ?
प्रकाशित २०७५ माघ २१ सोमबार
647
Shares
काठमाडौं । पहिलो पटक एक दिवसीय र टी–२० सिरिज क्रिकेट जितेर नेपाली टिम सोमबार दिउँसो स्वदेश फर्कदै छ । युएईमा भएको एक दिवसीय र टी–२० मा सिरिज जितेर नेपाल उपाधिसहित दिउँसो आउन लागेको हो ।
नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले दिएको जानकारी अनुसार नेपाली टोली फ्लाई दुबईमार्फत दिउँसो ३ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने छ ।
नेपाली टोलीलाई भब्य स्वागत गर्ने तयारी बनाइएको छ ।
बधाइको ओइरो, प्रधानमन्त्री कहाँनेर चुके ?
नेपालले युएईलाई उसकै भूमिमा एक दिवसीय र टी–२० मा समान २–१ ले हराएर सिरिज जित्यो । नेपालले अहिलेसम्म टी–२० र एक दिवसीय अन्तर्राष्ट्रियमा सिरिज जितेको थिएन ।
यो सफलतापछि बधाइ दिनेको ओइरो लाग्यो । विभिन्न घटनाहरु ढिला थाहा पाउने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बघाइ दिइन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बधाइ दिए । त्यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसले पनि बधाइ दियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने ढिला गरी बधाइ दिए । यसअघि उनी बधाइ दिन र टिमलाई बालुवाटार बोलाउनमा छिट्टो देखिन्थे ।
यसपटक त उनलाई नेपालले इतिहास रचेको पत्तो समय भएन जस्तै भयो । जताततैबाट आएको बधाइले उनलाई जवरजस्ती ट्वीट गर्न वाध्य पारेजस्तो गरी आइतबार भएको टी–२० को तेस्रो खेलमा जितेको जितको मात्र प्रसंग उठाएर बधाइ दिए ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन्, ‘तेस्रो टी–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । नेपाली क्रीकेटका लागि यो अर्को ठूलो सफलता हो। नेपाली क्रीकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक वधाई !’
यसरी थाहै नपाइनपाई उनले कहाँ कसरी बोले, के के भने भन्ने कुराको लेखाजोखा त हुने नै छ । उनले संसदमा आर्थिक आँकडा प्रस्तुत गर्दा पनि हचुवा र झुठो आँकडा प्रस्तुत गरेको भनी चर्को आलोचना भएको थियो ।
चिकित्सकले आराम गर्नमा बढी जोड दिने गरे पनि उनी सकभर सार्वजनिक कार्यक्रममा बोल्नका लागि व्यस्त हुन्छन् । उनको भनाइ भन्दा पनि ‘रिफ्रेस’ हुन प्रवचन सुन्न जानेहरु धेरै भएको बुझिन्छ ।
तर प्रधानमन्त्रीलाई प्रश्न जसरी अन्य विषयमा अन्टसन्ट बोलेर विवादमा आउँछन् क्रिकेटमा किन ? ट्वीटरमा बधाइ नै दिनपर्छ भन्ने त थिएन । बधाई दिने तैपनि आधा बढाइ । किन प्रधानमन्त्री ज्यू ? कतै यो पनि ‘रिफ्रेस’ का लागि त हैन ?