- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हवाना। क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ। सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन्।
यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताउनु भएको छ। यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो।
आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए।