arrow

३२० वर्षपछि लागेको खग्रास सूर्यग्रहण नेपालबाट यस्तो देखियो

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
surya-grahan-solar-eclipes.jpg.jpeg
काठमाडौं। बुधवार दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ। यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिएको छ। खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट पहिले सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ।
 
नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको छ। नेपालमा बिहान ६ बजेर १९ मिनेटबाट देखिएको थियो। ग्रहणको समाप्ति साँझ ७ बजेर १ मिनेटमा हुने छ। तर नेपालबाट भने यो ग्रहण लागेको देखिने छैन।
 
खग्रास सूर्यग्रहण ३२० वर्षपछि पञ्चग्रही योगमा परेको छ। खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेटको हुनेछ।



नयाँ