arrow

आफगानिस्तामा आठ लडाकू मारिए

logo
एएफपी,
प्रकाशित २०७५ माघ २१ सोमबार
afgh-MMAP-md.png.png

कालात, अफगानिस्तान। आफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन्।

कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी दिएको छ। जाबुल प्रान्तको मिजान जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित यस कारबाहीमा परी आठ तालिवान लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सेनाका प्रवक्ता अहमद सेदेकले बताएका छन् । यद्यपी यस कारबाहीको विषयमा तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ