arrow

सोमालियामा कार बम विस्फोट, नौ जना मारिए

logo
एएफपी,
प्रकाशित २०७५ माघ २१ सोमबार
car-bomb-somalia.jpg

मोगादिसु। सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्र नजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिए। उनले नौ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु धेरै घाइतेको अस्पतालहरुमा उपचार भइरहेको पनि बताए।

व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ। व्यापारी मुनिरा अब्दुकादिरले भन्नुभयो, “मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चार जनाको शब मैले देखेको थिएँ। अरु तीन जना पार्किङ क्षेत्रमा ढलेका थिए।”

मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल–कायदाले नियमित झैं आक्रमण गर्ने गरेका छन्। यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरुले लुकीछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ