arrow

प्रदेश दुईको प्रदेशसभाले प्रथम वार्षिकोत्सव मनायो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ माघ २१ सोमबार
province-2-pradesh-parlinment.jpg

जनकपुर। प्रदेश दुईको प्रदेशसभाले सोमबार एक वर्ष पूरा गरेको छ। संघीयता कार्यान्वयनका क्रममा भएको प्रदेश निर्वाचनपछि २१ माघ ०७४ मा प्रदेश नम्बर दुई प्रदेशसभा गठन भएको थियो। सभाले आफ्नो पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। एक वर्षको अवधिमा ७२ वटा बैठक गरेको प्रदेश सभाले विभिन्न १७ वटा ऐन पारित गरेको हो। सातवटा विधेयकको मस्यौदामाथि छलफल चलिरहेका हुन्। 

यस अवधिमा सभाले दुई आर्थिक वर्षको बजेट ल्याएका छन। भदौ २ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा करिब ४५ मिनेट सम्बोधन गरेका थिए। त्यसैगरी, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सभामा सक्रिय सांसदबैठकका दौरान विपक्षी दल नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी र नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा सबैभन्दा बढी समय सक्रिय रहेका छन्। उनीहरूले २६ वटा बैठकमा विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए। 

यस्तै, ज्वालाकुमारी साहले १६, मनीषकुमार सुमनले १४, रामसरोज यादव, परमेश्वर साह, उपेन्द्रप्रसाद कुशवाह, दिलीपकुमार साह, पारस साह, लालबाबु साह र रामचन्द्र मण्डलले १२ वटा बैठकमा मन्तव्य राखे। पाँचजना सांसद एक वर्षको अवधिमा बोलेनन्। तर, उनीहरूको नाम सचिवालयले सार्वजनिक गरेन।

नेकपाका सांसद कुन्दनप्रसाद कुशवाह ७२ वटा बैठक  मध्ये ६१ वटा  बैठकमा अनुपस्थित देखिएका हुन् ।कुशवाह जम्मा ११ वटा बैठकमा मात्र सहभागी रहेको संसद् सचिवालयले जनाएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ