arrow

शेयर बजार करीब नौ अङ्कले घट्यो

logo
रासस,
प्रकाशित २०७५ माघ २१ सोमबार
stock-market-down.png.png

काठमाडौं। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ। कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए। कारोवार रकमसमेत आइतबारको तुलनामा आज घटेको छ। आइतबार रु ४० करोड बराबरको कारोवार भएको थियो।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज होटल उपसमूहको बाहेक अरु उपसमूहको शेयर घटेको छ । होटल ०.३५ बिन्दुले बढ्दा बैंकिङ ६.१९, व्यापार ४.८२, विकास बैंक ९.७५, जलविद्युत् १९.५२, वित्त ०.४२, निर्जीवन बीमा २०.२४, उत्पादन १५.३७, अन्य ८.०३, लघुवित्त १३.९१ र जीवन बीमा ६४.९८ बिन्दुले घटेको छ ।

घटेको बजारमा सेन्ट्रल फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, आरएसडिसी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले आज कमाएका छन् । यस्तै आँखु खोला जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ