arrow

मेक्सिकोसँगको सिमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २१ सोमबार
usa-army-troops-wall.jpg

वासिङ्टन। अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ। सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ।

सिमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ। “उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनिहरुलाई खटाइएको हो,” वक्तव्यमा लेखिएको छ। मेक्सिकोमा सिमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आएका छन्। पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय सङ्कट घोषणा गर्ने पनि उनले बताएका छन्। उनले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनका बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डा मुख्य बानाएका थिए।

उनको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसदलाई छलेर गर्न सक्ने अवस्था छैन भने संसदले पनि यसलाई स्वीकार्न सकेको छैन। राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ