arrow

प्रेस नोटमा गगनले के भने ? (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । कांग्रेस नेता गगन थापाले निर्वाचित पदाधिकारीलाई बधाई तथा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयो गर्नेहरुलाई एक वक्तव्य जारी गरी धन्यवाद दिएका छन् । थापाले प्रेस नोट जारी गर्दै धन्यवाद दिएका हुन् । महामन्त्रीमा ५ सय ८४ मत ल्याई तेस्रो भएका थापाले आफुलाई अपार स्नेहका साथ मत दिने, सुभेच्छा प्रकट गर्ने, साथ सहयोग र समर्थन गर्ने सवैप्रति ह्दयदेखि नै आभारी छु –भनेका छन् । 
 
उनले प्रेस नोटमा, ‘नेपाली काँग्रेसको १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आ–आफ्नो ठाँउबाट क्रियाशील सवैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । महाधिवेशनवाट निर्वा्चित आदरणीय सभापति, महामन्त्री र कोषाध्यक्षज्यूलाई हार्दिक वधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । नेपाली काँग्रेसलाई सवैको काँग्रेस बनाउने गुरुत्तोर जिम्मेवारी निर्वा्चित पदाधिकारीको काँधमा आएको छ ।
 
सवैको भावना समेटी पार्टीलाई गतिशिल रुपमा अगाडि वढाउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु– भनेका छन् । नेपाली काँग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनःनिर्माणको मेरो अभियान जारी रहनेछ । यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु–प्रेस नोटमा भनिएको छ ।  
पूर्ण पाठ 
 
प्रेस विज्ञप्ति

हार्दिक धन्यवाद !

नेपाली काँग्रेसको १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आ-आफ्नो ठाँउवाट क्रियाशील सवैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । महाधिवेशनवाट निर्वाचित आदरणीय सभापति, महामन्त्री र कोषाध्यक्षज्यूलाई हार्दिक वधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । नेपाली काँग्रेसलाई सवैको काँग्रेस बनाउने गुरुत्तोर जिम्मेवारी निर्वाचित पदाधिकारीको काँधमा आएको छ । सवैको भावना समेटी पार्टीलाई गतिशिल रुपमा अगाडि वढाउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु ।
 
यस महाधिवेशनमा मलाई अपार स्नेहका साथ मत दिने, सुभेच्छा प्रकट गर्ने,साथ सहयोग र समर्थन गर्ने सवै प्रति ह्दयदेखि नै आभारी छु । महाधिवेशनमा सहभागी साथीहरु मात्र होईन, देश भित्र र बाहिर रहेका काँग्रेसजनहरू,आम नेपाली आमावुवा,दिदीबहीनी तथा दाजुभाईहरूले प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखाएको स्नेह,आशा ,भरोसा अनि प्रेरणा र मार्गदर्शनलाई मैले मप्रतिको विश्वासको रुपमा लिएको छु । भेटघाट,सामाजिक संजाल, संचारमाध्यममार्फत प्रकट गरेको उत्साह र स्नेहका अविष्मरणीय क्षणले म अहिले पनि अभिभुत भएको छु ।  युवा साथीहरूको साथ, अग्रजको हौसला र स्नेह मेरा निम्ति सधै प्रेरणा र उर्जाको रुपमा रहनेछन । मेरो सवैभन्दा ठुलो राजनीतिक सम्पत्ति पनि त्यहि हो । यो विश्वासलाई मैले समाज परिवर्तनका निम्ति आफूमाथिको चुनौंति र जिम्मेवारीकै रुपमा लिएको छु । यहि विश्वासको जगमा टेकेर महाधिवेशनमा पार्टी रुपान्तरण र मुलुकको समृद्धिका लागि मैले प्रस्तुत गरेका विषयहरूलाई अगाडि वढाउन आगामी दिनमा मेरो प्रयास थप उर्जाका साथ निरन्तर रहनेछ । हिजो जस्तै भोलिका दिनमा पनि म सदैव तपाईको साथमा रहनेछु । आगामी दिनमा पार्टीभित्र पार्टी सदस्य र प्रतिनिधिको मनमा लागेको कुरा निर्णयमा व्यक्त गर्नसक्ने अवस्थाको लोकतान्त्रिक पद्दति निर्माणका लागि पनि मेरो प्रयास रहनेछ ।
 
नेपाली काँग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको मेरो अभियान जारी रहनेछ । यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु । महाधिवेशमा महामन्त्रीको मेरो उम्मेदवारीलाई आफ्नै जस्तो गरि अहोरात्र खट्नुहुने आदरणीय अग्रज तथा साथीहरू र सुभेच्छा प्रकट गर्ने सवैप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु ।
जय नेपाल!
गगन थापा
२०७२ फागुन २६



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ