arrow

जलासयमा रमाउदै दर्शक र आयोजक, महोत्सवको पाँचौ दिन रत्यौली बन्यो आर्कषण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २१ सोमबार
waling-congress.JPG

स्याङ्जा । स्याङ्जाको वालिङमा जारी सातौ वालिङ महोत्सव २०७५ मा कृतिम जलासयमा दर्शक र आयोजक रमाउन थालेका छन् । हरेक दिन फरक फरक पहिचान दिन सफल भएको सातौ वालिङ महोत्सवमा परम्परागत रत्यौली पनि दर्शकको आर्कषण बनेको छ ।

१७ गते बाट शुरु भएको महोत्सवमा नजिकै रहेको एतिहासिक आँधीखोलालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन निर्माण गरिएको जलासयमा मनोरञ्जन लिन दर्शकहरुलाई भ्याईनभ्याई भएको छ भने आयोजक पनि रमाउदा थप महोत्सवमा रौनकता थपेको छ । अन्धाअन्धीको आशुबाट बगेको हुनाले पनि यसलाई आँधीखोला नामकरण गरिएको हो ।

यसको संरक्षण र प्रवद्धनमा वालिङ उद्योग वाणिज्य संघले टेवा दिदै आएको महोत्सव मुल आयोजक समितिका सह—संयोजक अर्जुन खनालले बताए । ०६३ सालबाट पहिलो महोत्सव शुरु गर्दा खेरीनैहामीले आँधीखाला थुनेर कृतिम ताल निमार्ण गरेर थियौ सह—संयोजक खनालले भने,“यसको निरन्तरताका लागि दर्शकलाई पानीमा रमाउने अबसर प्रदान गरेका छौं ।” यो स्याङ्जाको एतिहासिक सम्पदा सगँ जोडिएको सम्पति पनि भएकाले प्रचार प्रसार र संरक्षणमा टेवा पुग्ने विश्वास हाम्रो छ उनले भने ।

तालबाट निर्माण गरेर खासै फाईदा नदेखिए पनि महोत्सवको आर्कषण सगै तालमा रमाउनेका लागि सातौ वालिङ महोत्सवमा तालले पनि स्थान पाएको छ । करिव ८ लाखको लागतमा यो ताल निर्माण सम्पन्न भएको महोत्सवको ताल व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्यालले जानकारी दिए । अत्याधुनिक मेसिन रहेको डुङ्गा राखेर दर्शकलाई आनन्द दिएका छौं अर्यालले भने,“आँधीखोला जिल्लाको गौरब भएकाले यसलाई बचाउने हाम्रो दायीत्व पनि हो ।” देशभरी लाग्ने यस्ता मेला महोत्सवमा खासै तालमा मज्जा लिने बातावरण देखिएको छैन तर वालिङ महोत्सवमा मात्रै दर्शकले यो मज्जा लिन पाउने छन् उनले भने ।

महोत्सवमा हरेक दिन फरक फरक सांस्कृति देख्न पाईने भएकाले पनि दिनानुदिन दर्शकको उल्लेखनीय सहभागिता रहदै आएको छ । वालवालिकाको प्रतिभाको खोजीका लागि आयोजना गरिएको स्याङ्जा आईडल नृत्य प्रतियोगिता समापन सगै परम्परागत रुपमा रहदै आएको रत्यौली प्रतियोगिता शुरु भएको छ । विवाह गर्दा देखिने झल्को रहनेगरि रत्यौली प्रतियोगिता गरिएको छ । बेहुलाले बेहुली लिन हिडेपछि बेहुलाको घरमा गाईने रत्यौली गितले दर्शकलाई भुलाई रहेको छ । महोत्सव स्थलमा बेहुला बेहुली, विवाह मण्डप समेत तयार गरि विवाहको झल्को दिने काम यो प्रतियोगिताले गरेको छ ।

हरेक दिन चर्चित कलाकारबाट दर्शकलाई नचाउनपाउने व्यवस्था आयोजकले मिलाएको छ । यसले गर्दा महोत्सव अवलोकन गर्न आउने दर्शकलाई जे मा रुची छ त्यसैमा भुल्ने अवसरले गर्दा महोत्सव अवलोकन गर्न आउने दर्शकको चाप बढेको देखिन्छ । दर्शकले खरिदका लागि स्टलमा फरक फरक सामाग्रीको व्यवस्था, वाल उद्यानमा रमाउन पाउने व्यवस्था, लोक सांस्कृतिकको व्यवस्था, जलासय र विद्यार्थीहरुले निमार्ण गरेका शैक्षिक प्रदर्शनीको अवलोकन सगै किसानले उत्पादन गरेको कृषि उपजको खरिद विक्र सगै परामर्सको व्यवस्था मिलाएइएको छ ।

पाँचौ दिन सम्म आईपुग्दा महोत्सवमा ६ करोडको आर्थिक कारोवार र १ लाख ६० हजार दर्शकले महोत्सव अवलोकन गरेको आर्थिक समितिका संयोजक तारप्रसाद श्रेष्ठले बताए । आयोजकले लक्ष्य लिए अनुसार महोत्सव सफल हुने श्रेष्ठले दावी गरेका छन् । ३१ उपसमिति निर्माण गरेका आयोजना गरिएको महोत्सवमा आ—आफ्नै भुमिकामा आयोजक व्यस्त रहेको आयोजकले बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ