arrow

भेनेजुएलामा गृहयुद्ध हुन्छ भन्ने राष्ट्रपतिको भनाइ हाँस्यास्पद – गुवाइदो

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
juan-guaid-venezuela.jpg

काठमाडौं । भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिन सक्छ भन्ने वर्तमान राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई हाँस्यास्पद भनी टिप्पणी गरेका छन् । 

गुवाइदोले गृहयुद्धको कल्पना बेकारको भएको भन्दै मादुरोको टिप्पणीलाई हाँस्यास्पद भनेका हुन् । 

गुवाइदोले आफैले आफैलाई अन्तरिम राष्ट्रपतिको घोषणा गरेका थिए । चुनावमा धाँधली भएको भन्दै गुवाइदो पक्षले चुनावी परिणाम नमान्ने भन्दै आफैले आफैलाई राष्ट्रपति घोषणा गरेको हो । 

यसअघि राष्ट्रपति मादुरोले अमेरिका लगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिएका थिए ।

गुवाइदोको पक्षमा अन्तर्राष्ट्रिय समर्थन बढ्दै 

अमेरिकासंगै युरोपियन युनियन इयुले गुवाइदोलाई नै अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ । इयुमा आवद्ध देश जर्मनी, फ्रान्स, डेनमार्क, अस्ट्रिया, स्विडेन, स्पेनलगायतसंगै क्यानडा, ब्राजिल, अर्जेन्टिना र कोलम्बियाले आफूलाई राष्ट्रपति घोषित गरेका गुवाइदोलाई अर्को चुनाव नहुन्जेलसम्मका लागि अन्तरिम राष्ट्रपतिको मान्यता दिएका हुन् । 

इयूले यसअघि राष्ट्रपति निकोलस मादुरोलाई नयाँ निर्वाचनको मिति घोषणा गर्न आइतबारसम्मको समय दिएको थियो । इयुका कम्तीमा १७ देशले गुवाइदोलाई समर्थन गरेका छन् । 

मादुरोलाई रूस र चीनले मात्र साथ दिएका छन् । त्यसैगरी केही कम्युनिष्ट खेमाका राष्ट्रले पनि समर्थन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ