arrow

चट्याङका कारण ज्यान गुमाएकी बालिकाका नाममा अक्षय कोष

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
lightning.jpg

डडेल्धुरा । चट्याङ लागेर मृत्यु भएकी गन्यापधुरा गाउँपालिका वार्ड न ५ स्थित भुवनेश्वरी मावि जैसेरामा कक्षा ६ मा अध्ययनरत छात्रा रोशनी देउवा र उनका हजुरबुबा धर्मसिँह देउवाका नामबाट विद्यालयले अक्षयकोष स्थापना गरेको छ ।

यहि माघ ८ गतेका दिन चट्याङ लागेर मृत्यु भएको १३ औँ दिनको पुण्यतिथिमा विद्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले आफ्नो एक महिनाको पारिश्रमिक रकम ४१ हजार प्रदान गरेर अक्षयकोषको शुभारम्भ गरेका हुन ।

बिद्यालयमा आयोजित श्रद्धाञ्जली सभामा मृतक रोशनी देउवा र सो विद्यालयका संस्थापक मृतकका बाजे धर्मसिँह देउवाको नामबाट अक्षय कोषको स्थापना गरिएको हो । अक्षयकोषमा स्थानीयले पनि धमाधम रकम सहयोग गरिरहेको स्थानीय अगुवा सुरेन्द्रसिँह मालीले जानकारी दिए।

प्रदेश सभा सदस्य मल्लसँगै गन्यापधुरा गाउपालिका वार्ड न ४ का वार्ड अध्यक्ष चेतराज भट्टले अक्षयकोषमा ३० हजार नगद सहयोग गरेका छन । भने गन्यापधुरा गाउँपालिका वार्ड न २ का वार्ड अध्यक्ष ईन्द्रबहादुर कार्कीले गुरुकुल पब्लिक इङ्लिस बोर्डिङ स्कुलबाट रु ११ हजार, मृतक रोशनीका बुवा योगेन्द्र देउवाले रु १५ हजार, बिद्यालय व्यवस्थापन समितिबाट रु १० हजार र बिद्यालयका शिक्षकहरुबाट रु १५ हजार अक्षयकोषका लागि सहयोग गरिएको भसवनेश्वरी माविका प्रधानाध्यापक जयराज पनेरुले वताउनु भयो ।

अन्य अभिभावकहरुबाट पनि अक्षयकोषका लागि सहयोग भईरहेको र हालसम्म दुई लाख भन्दा बढि रकमका लागि बिभिन्न ब्यक्तिहरुबाट प्रतिवद्धता ब्यक्त गरिएको भुवनेश्वरी मावि जैसेराले जनाएको छ ।अक्षयकोषबाट गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगाउने उदेश्यले छात्रवृती प्रदान गरिने विद्यालयले जनाएको छ । विद्यालयमै चट्याङ लागेर निधन भएकी रोसनी विद्यालयकी सर्वोत्कृष्ट छात्रा रहेको विद्यालयका शिक्षकहरु गंगा फुलारा बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ