arrow

१० प्रतिशत सेवा शुल्क खारेजका बिषयमा वार्ता हुदै

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
reban-.jpg

काठमाडौं। रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान), मजदुर तथा श्रम तथा व्यवस्थापन जन्य सुरक्षा बिभाग बीच उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेजका बिषयमा वार्ता हुदैछ।  मंगलबार दिउसो ३ बजे बस्ने बैठकमा उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने रेबानको निर्णयका बिषयमा त्रिपक्षिय वार्ता बस्न लागेको नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका सदस्य देबेन्द्र आर्चायले बताए।

अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने  घोषणा गरेपछि वार्ता बस्न लागेको हो। २०६३ सालदेखि चल्दै आएको १० प्रतिशत सेवा शुल्क हटाएर मजदुरमाथि अन्याय गरिएको भन्दै मंगलबारदेखि देशभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने निर्णय भएपनि वार्ता हुन लागेकाले बन्द कार्यक्रम स्थगित भएको छ। 

रेबानले आफूहरुसँग छलफल नै नगरी यो निर्णय गर्नु आपत्तीजनक रहेको र मजदुरमाथिको थिचोमिचो भएको पनि अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले जनाएको छ। अदालतको आदेश र श्रम ऐन तथा नियमावलीविपरीत रेबानले १० प्रतिशत सेवा शुल्क कटौती गरेको मजदुर संगठनको आरोप छ।

रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा मजदुरले आन्दोलन थाले पनि रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले भने निर्णयबाट पछाडि नहट्ने जनाएको छ। 

उपभोक्ताबाट व्यापक गुनासो आएकाले १० प्रतिशत शेवा शुल्क हटाउने निर्णय भएको रेबानले जनाएको छ। सेवा शुल्क लिने नियम सुरु भएपछि ग्राहकले रेष्टुरेन्ट तथा बारमा आफूले खाएको भन्दा १० प्रतिशत धेरै पैसा तिर्दै आएका थिए।

यसले उपभोक्तालाई मार पारेको भन्दै उपभोक्ता हित संरक्षण समितिले सर्वोच्चमा मुद्दा दायर नै गरेको थियो। २०६३ सालदेखि उपभोक्ताले १० प्रतिशत सेवा शुल्क तिर्दै आएका छन्। झण्डै सात महिनाअघि होटल संघ नेपाल र मजदुरबीच ग्राहकबाट लिइने १० प्रतिशत सेवा शुल्क भागबण्डा गर्ने सहमति भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ