arrow

विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको स्वीकृति 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २२ मंगलबार
vijay_mallya.png

काठमाडौं । बैंकबाट करोडौं  रकम धोकाधडी गरेर भागेका भारतीय मदिरा व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको स्वीकृति दिएको छ । बेलायती गृहमन्त्री साजिद जाविदले सोमबार माल्याको सुपुर्दगीको आदेशमा हस्ताक्षर गरेका हुन् । 

गृह मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्यमा १४ दिनभित्र माल्याले यो निर्देशनविरुद्ध अपिल गर्न सक्नेछन् । 
भारतीय विदेश मन्त्रालयले बेलायती सरकारको यो फैसलाको स्वागत गरेको छ । 

मन्त्रालयले एक बयानमा आफूहरुलाई बेलायतको गृहमन्त्रालयले सुपुर्दगीको लागि स्वीकृति दिएको सूचना प्राप्त भएको छ र यससँगै सुपुर्दगीको कानुनी प्रक्रिया छिटै नै पूरा हुने प्रतीक्षामा रहेको बताएको छ । 

सुपुर्दगीको ओदशमा गृहमन्त्रीको हस्ताक्षरपछि विजय माल्याले यो निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । 

माल्यालाई ४ फेब्रुअरीदेखि १४ दिन यो निर्णयविरुद्ध अपिल गर्ने समय रहेको छ । यदि अपिललाई अनुमति मिलेको खण्डमा माल्याको मुद्दामा अदालतमा सुनुवाई हुनेछ । 

बेलायती मन्त्रीले सुपुर्दगीका लागि स्वीकृति दिएसँगै भारतीय केन्द्रीय सरकारका अर्थमन्त्री अरुण जेटलीले सामाजिक सञ्जालमार्फत् मोदी सरकार माल्यालाई सुपुर्दगी गर्ने दिशामा एक कदम अघि बढेको बताएका छन् ।  

माल्यामाथि ९० अर्ब भारुभन्दा बढी रुपयाको धोकाधडी गरेको र अवैध कारोबार गरेको आरोप छ । यसअघि गत डिसेम्बरमा बेलायतको अदालतले उनलाई भारत सुपुर्दगी गर्न आदेश दिएको थियो । 

माल्याले भने आफूमाथिको मुद्दा राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन् । उनले आफूले ऋणको पैसा नलिएको र ऋण लिएको पैसा किङफिसरमा खर्च गरिएको बताए । उनले ऋणको ग्यारेन्टी दिँदैमा आफू धोकेबाज नहुने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ