arrow

सर्बोच्चले हराएपछि भड्किईन् ममता, योगी र शिवराजलाई बंगालमा प्रतिबन्ध

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
mamta-banerjee-l-pti1.jpg

काठमाडौं । भारतीय सर्वोच्च अदालतले झड्का दिएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता वनर्जी भड्किएकी छिन् । प्रदेशका प्रहरी प्रमुख पुलिस कमिश्नरको मुद्दामा अदालतबाट आफ्नो विपक्षमा हुनेगरी फैसला गरेपछि मुख्यमन्त्रीको आदेशमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज चौहानलाई वंगालमा आएर र्‍याली गर्न प्रतिबन्ध लगाएपछि उनको छटपटी बाहिर आएको हो । 

ममता बनर्जी सरकारलाई सर्वाेच्च अदालतले मंगलबार फैसला गर्दै सारदा चिटफण्ड घोटालामा छानविनको लागि कोलकाता पुलिस कमिश्नर राजीव कुमारलाई सिआईबीको कार्यालयमा हाँजिर हुन निर्देशन दिएको छ । शीर्ष अदालतले यो पनि स्पष्ट भनिदिएको छ कि तत्कालको लागि राजीव कुमारलाई गिरफ्तार भने नगर्नू । अदालतले राजीवलाई बंगालबाट बाहिर शिलोङमा सीबीआईले भनेको ठाउँमा उपस्थित हुनको लागि आदेश दिएको हो । 

सिआईबीको यही छानविनको विरोधमा तीन दिनदेखि हड्तालमा बसेकी ममताले अदालतको यो आदेशपछि आफ्नो सेफ ल्याण्डिङ खोजेकी छिन् । अदालतको यो आदेश ममताको माग विपरित आएके भएपनि उनी हड्ताल टुङ्गोमा पुर्‍याउनको लागि यो फैसला आफ्नो पक्षमा आएको र यसले आफू नैतिक रुपमा विजयी भएको दाबी गरिन् । सर्वाेच्च अदालतले राजीवसँगै राज्यका मुख्य सचिव, डीजीपी तथा कोलकाता पुलिस कमिश्नरलाई समेत सिबीआईको मानहानी सम्बन्धी मुद्दामा नोटिस जारी गरेको छ । यो मामलामा आगामी २० फेब्रुअरीमा सुनुवाई हुने भएको छ । 

बहसको समयमा सीबीआईको तर्फबाट सबुत पेश गर्दै महान्यायाधीवक्ता केके वेणुगोपालले भनेका छन् कि एसआईटीले प्रमाण तोडमोड गरेको छ । साथै यो मामलामा सहि ढंगले काम गर्न समेत सकिएन । उनले भने कि बंगालमा संवैधानिक संस्थाहरु सिथिल बन्दै गएका छन् । वेणुगोपालले भने 'एसआईटी डाटा तथा ल्यापटप समेत सुरक्षित राख्न सक्दैन । एसआईटीले सीबीआईलाई गलत डाटा दियो ।' बंगाल सरकारको तर्फबाट सबुत पेश गर्दै वरिष्ठ अधिवक्ता अभिषेक मनु सिंघवीले भने कि सीबीआई कोलकाता पुलिस कमिश्नरलाई अनावश्यक दुख दिन चाहन्छ । उनले सिबीआई अफिसरले अनावश्यक तनाव सिर्जना गराएको आरोप लगाए । 

दुबै पक्षको सुनुवाई पछि प्रधानन्यायाधीस रञ्जन गोगोईले राजीव कुमार बंगाल सरकारको तर्फबाट बहस गर्ने अधिवक्तालाई कमिश्नरले किन सिबीआईलाई अनुसन्धानमा सहयोग गरेनन् ? उनलाई त्यो अनुसन्धानले के समस्या छ ? जस्ता प्रश्न गरेका थिए । सो प्रश्नको चित्त बुझ्दो जवाफ नआएपछि उनले सिआईबी कहाँ अनुसन्धानको लागि कमिश्नर जानुपर्ने फैसला गरेका हुन् । 

योगी र चौहानलाई प्रतिबन्ध 
केन्द्र सरकार र पश्चिम बंगाल सरकारबीचको टसल चर्चामा रहेको बेलामा पश्चिम बंगाल सरकारले योगी आदित्यनाथ र मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानलाई पश्चिम बंगालको र्‍यालीमा सहभागी हुन प्रतिबन्ध लगाएको हो । पश्चिम वंगालको पुरुलियाका एसपीले योगी आदित्य नाथ चुनावी र्‍यालीमा सहभागी भएमा उनीमाथि कारबाही गर्ने चेतावनी समेत दिएका छन् । 

भाजपाका नेताहरु मध्ये योगीले पुनरुवामा, विजेपी नेता सैन मुर्शिदाबाद तथा शिवराजले बेहरामपुरको  र्‍यालीमा सहभागी हुने तयारी गरिरहेका थिए । यसअघि मुख्यमन्त्री बनर्जीले योगीको र्‍यालीमा केही समस्या नहुने भनेपनि प्रहरीले उनलाई प्रतिबन्ध लगाएपछि त्यो पनि ममताकै डिजाईन अनुसार भएको भन्ने आरोप समेत लाग्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ