arrow

प्रतिबन्धित योगीले बंगाल पुगेर भने, ‘ममता बर्बर, अराजक र अलोकतान्त्रिक’

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
yogi_g.jpg

काठमाडौं । ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ममता बनर्जीलाई बर्बर, अराजक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । मंगलबार विशेष हेलिकप्टरमा वंगालको पुरुलियामा भारतीय जनता पार्टीको ¥यालीसँगै विशेष समारोहलाई सम्बोधन गर्दै योगीले यस्तो आरोप लगाएका हुन् । 

उनले आफू पश्चिम वंगाल आउनको लागि अलोकतान्त्रिक र असंवैधानिक गतिविधिमा उल्झिनुपरेको स्मरण गर्दै योगीले भने ‘आफ्नो कर्तुत लुकाउनको लागि वंगालमा आफू जस्तो सन्यासी तथा योगीलाई एक कदम समेत राख्न नदिने कोशिस गरियो ।’ 

पुरुलियाका एसपी आकाश मघारियाले जमिनी स्‍तरमा हुने तथ्‍य तथा आँकडालाई मध्यनजर राख्दै ¥यालीका लागि अनुमती नदिईएको बताए । उनले यस भन्दा पहिले मध्‍य प्रदेशका पूर्व सीएम शिवराज सिंह चौहानलाई समेत बेहरामपुरमा ¥यालीको अनुमती नदिईएको बताएका थिए । यसैबीच बीजेपी नेता शाहनवाज हुसेनलाई पनि बीचबाटोमा नै रोकिएको छ । यस अघि पुरुलियामा हेलिकप्टर ल्याण्डिङको लागि अनुमती नदिईएपछि ट्वीट मार्फत् योगीले ममताको विरोध गरेका थिए । 

सीएम योगीले भने, 'मलाई अत्यन्त दुख लागेको छ । गुरुदेव रविन्द्रनाथ टेगोरको कर्मभूमि, हाम्रो बंगाल, आज ममता बनर्जी तथा उनको सरकारको कारण अराजकता तथा गुण्डागर्दीबाट पीडित छ। अब समय यही हो कि बंगाललाई एक सशक्त लोकतान्त्रिक आन्दोलनको माध्यमबाट संविधानको रक्षा हेतु यस सरकारबाट मुक्त गराउने । म आज पुरुलियामा तपाईहरुकोबीच यस आन्दोलनको ध्वजा लिएर भ्रष्टाचारीहरुको गठबन्धनका लागि चुनौती बनेर खडा हुनेछु ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ