arrow

ट्रम्प–किम दोस्रो भेटवार्ता भियतनाममा

logo
प्रकाशित २०७५ माघ २३ बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो वार्ता यही फेब्रुअरी महिनामै हुने भएको छ । 

ट्रम्पले वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा यही फेब्रुअरीमै मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् । ट्रम्पले यो पटकको भेट भियतनाममा हुने बताएका छन् ।

भियतनाममा फेब्रुअरी २७ र २८ मा आफूहरुबीच वार्ता हुने तय भएको ट्रम्पले जानकारी दिएका हुन् । 

गत वर्ष जुनमा ट्रम्प र किमबीच गोर्खाली सेनाको सुरक्षाबीच सिंगापुरमा वार्ता भएको थियो । 

ट्रम्पले उत्तर कोरियामा बन्धक बनाइएका अमेरिकी नागरिकहरु घर फर्किएको र उत्तर कोरियाले परमाणु परीक्षण पनि नगरेकाले वार्ताका लागि उपयुक्त भएको बताएका छन् । 

ट्रम्पले किम जोङ–उनसँगको सम्बन्ध राम्रो रहेको र धेरै काम गर्न बाँकी रहेको समेत बताएका छन् । 

ट्रम्पले कोरियासंग वार्ता गर्नुअघि आफ्नो देशमा भने राजनीतिक एकता हुनुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ