arrow

तमिलनाडूमा भयावह बेरोजगारी, एक स्वीपरको लागि ४ सय एमविए र इन्जिनियरको आवेदन

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
Unemploiment_news.jpg

काठमाडौं । धेरैलाई अचम्म लाग्न सक्छ । एउटा स्वीपरको जागिरको लागि एमविए र एमटेक पढेकाहरुले अप्लाई दिन्छन् भन्ने कुराले । तर, यो अचम्म लाग्ने कुरालाई भारतमा सही सावित भएको छ । 

भारतको लोकसभा चुनाव आउनै लाग्दा भयावह वेरोजगारीको स्थिती बाहिर आएको छ । देशमा बेरोजगारीको स्थिती सुधारोन्मुख रहेको दाबी भारत सरकारले गरिरहँदा भयावह वेरोजगारीको समस्या बाहिर आएको हो । तमिलनाडुको विधानसभा सचिवालयमा १४ सरकारी स्वीपरको लागि मागिएको रोजगारीका लागि ठूलो संख्यामा एमविए तथा एमटेक पढेकाहरुले आवेदन दिएका हुन् ।  

यो नोकरीको लागि हजारौं संख्यामा यो क्षेत्रका मानिसहरुले आवेदन भरेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४५ सय एमटेक, बीटेक तथा एमबीए कोर्स गरिसकेकाहरुले समेत आवेदन भरेका छन् । तमिलनाडु विधानसभा सचिवालयमा स्वीपरका लागि १० जना तथा सफाईकर्मीका लगि ४ जनाको आवेदन मागिएको छ । २६ सेप्टेम्बरमा सचिवालयले यी पदहरुको लागि सूचना जारी गरेको थियो । यी दुबै नोकरीको लागि योग्यता मात्रै आवेदकको शरीर ठीक हुनुपर्ने भनिएको थियो । यसको लागि १८ वर्ष उमेर पूरा भएको समेत हुनुपर्ने बताईएको छ । 

यी १४ पदको लागि कूल ४६ सय ७ आवेदन प्राप्त भएको थियो । जसमा ६६७ आवेदन केही कारणले यसलाई खारेज गरिएको थियो । यस्तो सरकारी जागिरको यो नै पहिलो मौका भने होइन । यस अघि पनि पढेलेखेकाहरुको लागि जागिरको कुनै मौका नै नदिईएको पनि होईन । यस अघि पनि धेरै लेखापढीको जागिर मागिएको भएपनि जागिरको अभावका कारण उनीहरु स्वीपरमा नै चित्त बुझाउन बाध्य भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ