arrow

जापानी पत्रकारलाई यमन जान रोक

logo
एएफपी,
प्रकाशित २०७५ माघ २३ बुधबार
Japan-flag-1.jpg

टोकियो। जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ। गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको थियो। उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो।

स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए। उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए।

जापानका विदेशमन्त्री तारो कोनोले हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्नेगरी सरकारले आदेश दिएको जानकारी दिए।

चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताएका छन्। आफूले यमनमा जारी मानवीय तथा राहत कार्यक्रमको रिपोर्टिङ गर्ने लक्ष्य राखेर यमन जान चाहेको पनि चुनिओकाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ