arrow

शेयर बजार सात बिन्दुले घट्यो

logo
रासस,
प्रकाशित २०७५ माघ २३ बुधबार
nepal-stock-exchange.png

काठमाडौं। धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ। आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर रु २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए।

आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ। बैंकिङ ५.८४, व्यापार ०.१७, होटल १३.९, विकास बैंक २.३८, जलविद्युत् १५.५, वित्त ४.१९, निर्जीवन बीमा २७.५४, उत्पादन २५.४८, अन्य ३.४८, लघुवित्त १०.३८ र जीवन बीमा ४६.९५ बिन्दुले घटेको छ।

घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ बिन्दुले कमाएका छन्। यस्तै चौतारी लघुवित्त वित्तीय संस्था ४.८१, बरुण हाइड्रोपावर तीन प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.४५ प्रतिशतले कमाएका छन्।

यस्तै ग्लोबल आइएमइ समुन्नति स्किम ४.८१, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.४१, ङादी ग्रुप अफ पावर ३.८४, नबिल इक्विटी फण्ड ३.७३, राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ