arrow

वालिङ महोत्सव : वडा स्तरीय भलिबल प्रतियोगिता शुरु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २३ बुधबार
vollyball.jpg

स्याङजा। वालिङ उद्योग वाणिज्य संघ  र वालिङ नगरपालीकाले संयुक्त रुपमा आयोजना गरेको सातौं वालिङ महोत्सबको विशेष आकर्षणको रुपमा रहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको शुरु भएको छ। 

प्रत्येक २ बर्षमा आयोजना हुने वालिङ महोत्सबमा आर्थिक,शैक्षिक सास्कृतिक, कषी सहित खेलकुदलाई पनि प्राथमिकता दिँदै आएको आयोजकको भनाई छ। २६ गते सम्म चल्ने भलिवल प्रतियोगिताको शुभारम्भ वालिङ नगर पालिकाका नगर प्रमुख दिलीप प्रताप खाँणले गरेका हुन्।

स्याङजा सहित पर्बत र पाल्पाका बिभिन्न वडाबाट खेलाडीहरुको सहभागिता रहेको खेलकुद उपसमितिका संयोजक एलवी ज्वाचरनले जानकारी दिए। प्रतियोगितामा १४ टिमको सहभागिता रहको ज्वारचनले बताए। यो प्रतियोगिताले युवाहरुलाई समट्ने प्रयास भएको आयोजकको दावी छ। 

वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेले रु एक लाख एक हजार नगद सहित शिल्ड मेडल पाउनेछन् त्यस्तै दोस्रो हुनेले साठी हजार छ सय, तेस्रोहुने टिमले पैंतीस हजार पाँच सय र सान्तवना  हुने टिमले बिस हजार दुई सय नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने वालिङ उद्योग वाणिज्य संघले जनाएको छ। 



नयाँ