arrow

बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायी आन्दोलित हुने अवस्था आउँछ : उपाध्यक्ष प्रधान 

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
kishor-pradhan.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले भने,‘२-४ वटा पक्षहरु नकरात्मक छैनन्।

मुल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकुल हो।’त्यस्तै उनले राजश्वपनि यो ५-६ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाए। उनले भने,‘यो राम्रो पक्ष हो। सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ।’ 

आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए। उनले भने,‘सन् २०२० सम्म २० लाख पर्यटकहरु ल्याउने सरकारको तयारी छ। त्यसको लागि अब पर्यटन पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ। मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्छ।’

सरकारले उद्योग धन्धालाई प्रसय दिनुपर्नेमा पनि उनले जोड दिए। व्यापार घाटा डरलाग्दो रहेकोले यसलाई घटाउनेतर्फ सरकार अघि बढ्नुपर्ने क्षेत्रीको धारणा छ। उनले भने,‘७ खर्ब प्लस व्यापार भएको छ, तर ५ खर्ब ९९ अर्ब व्यापार घाटा भएको छ। हाम्रो निर्यात अत्यन्तै निराशजनक छ। ३७ अर्बमात्रै निर्यात भएको छ। यसमा सुधार गर्नुपर्छ।’

क्षेत्रीले राष्ट्र बैंकको आँकडा सुनाउँदै उनले माघ २२ गतेसम्म ३४ अर्बको तरलता रहेको सुनाए। उनले राज्यको ढुकुटीमा १ खर्ब ७० अर्ब जम्मा भएपनि सरकारले खर्च गर्न नसकेको पनि गुनासो पोखे। उनले भने,‘खर्चको अनुपात हेर्दा जम्मा ३८.४८ प्रतिशत देखिएको छ। अझ पुँजीगत खर्च त २०.४७ प्रतिशत छ।’

बैंकहरुलाई राष्ट्र बैंकले कडाईका साथ नियमन गनुपर्ने क्षेत्रीको भनाई छ। 
पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने,‘सरकार साना तिना कुरामा नअल्भिएको भए हुन्थ्यो।’

उनले वर्तमान अर्थमन्त्री आँफै विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए।

उनले भने,‘अर्थमन्त्री आँफैमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन्।’ राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ। ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो।’

नेपालमा नीति निर्देशिका स्पष्ट नभएको सुनाउँदै भुषालले यसतर्फपनि सरकारले सोच्नुपर्ने धारणा राखे। उनले भने,‘अहिले देखिएको बैंकहरुको व्याजदरको समस्याको समाधान गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र बैंकर्स एशोसिएशन चार वटै पक्ष एक ठाउँमा बसेर टेबलु टक गर्नुपर्छ।’

नेपालको निर्यातको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पनि उनले सुनाए। उनले भने,‘हाम्रो टोटल एक्सपोर्टले त हामीलाई फ्युल ल्याउनपनि पुग्दैन्।’ उनले सरकारले भ्यु–टावर नबनाएको भए हुन्थ्यो भन्ने धारणा पनि राखे। फागुण १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुन लागेको सुनाउँदै तामझाम नगर्न पनि भुषालले सुझाए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सरकारको ध्यानाकार्षण गराए। 

उनले भने,‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ। उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ। भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं। माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ।

अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस्।’प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने,‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर बाहिरबाट आयात भैरहेको छ। घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ। यतातर्फ सरकारले सोच्नुपर्छ।’

देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्नेपनि उनले खतरा औंल्याए। उनले भने,‘आर्थिक अवस्था यस्तै रहीरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ। त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ।’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएको प्रति टिप्पणी गर्दै भने,‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ।’

मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्नेबारेपनि फलो–अप गर्नुपर्ने बताए। उनले भने,‘विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो। त्यसको लागि नेपालमै लगानीको वातावरण बनाउनुपर्छ। यहाँकै उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्छ।’

उनले नेपालमा औषधी उत्पादन प्रशस्त भएको सुनाए। प्रधानले थपे,‘नेपालमा अधिक औषधी उत्पादन भएका छन्। तर, अण्डर टेबल रिलेशनका कारण स्वदेशी उत्पादन खपत हुन सकिरहेको छैन।’

नेपाल कृषि प्रधान देश भनिएपनि १०० अर्बभन्दा बढिको भारतबाट कृषिका वस्तुहरु नेपाल आयात हुने गरेको उनको भनाई थियो। उनले आफ्नो मुलुकमा साना तथा मझौला उद्योग (एसएमई) हरूको विकास र तिनको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने सुझाव दिए। 

प्रधानले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे। उनले भने,‘अनिमात्रै आर्थिक विकास हुन्छ। समृद्धिको सपना पूरा हुन्छ। दुवै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ