arrow

बढेको ब्याजविरुद्ध सुर्खेतका व्यवसायी

logo
रासस,
प्रकाशित २०७५ माघ २३ बुधबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत। बैंकले बढाएको ब्याजको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक बहिष्कार गर्ने निर्णय गरेको छ।

निजी बैंकले एकपक्षीय ब्याजदर निर्धारण गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्। सङ्घका अध्यक्ष धनबहादुर रावतले चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था निम्तिएको बताए। “नौ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पुर्‍याउँदा व्यवसायी सङ्कटमा पर्‍यौँ”, उनले भने, “उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा सात प्रतिशत र व्यावसायिक क्षेत्रमा नौ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धराशायी हुने निश्चित छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ