arrow

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत आउने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २३ बुधबार
theresa-may-trump-uk.jpg

लण्डन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने अपेक्षा गरिएको छ। आउदो डिसेम्बरमा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुनका लागि उनी बेलायत आउने भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनीविरुद्ध व्यापक प्रदर्शन भएको थियो। नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ।

सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ। बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको बताउको उल्लेख छ।

विश्वको आधुनिकीकरणका लागि नाटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ। नाटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ