arrow

धनगढी प्रिमियर लिग क्रिकेटको विजेतालाई ३० लाख, अरु कसलाई कति ? 

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
dpl_(1)_-_Copy.JPG

काठमाडौं  । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको यसपटकको विजेता ३० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । 

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भ्यालुएबल प्लेयरले गोल्डस्टार सुनको जुत्ता पाउनेछ ।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने ।

रुस्लान डिपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ लागत खर्च हुने आयोजकको अनुमान गरेको छ ।

प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समात्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ