arrow

१८ वर्षसम्म एउटै नेतृत्व हुँदा धराशायी हुँदै साझा स्वास्थ्य सहकारी

साझा स्वास्थ्यमा करोडौका अनियमिता भएको सतर्कता केन्द्रको प्रतिबेदन

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
sajha-swasta-sewa.JPG

काठमाडौं । सर्वसाधारण नागरिकलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउन गठन गरिएको साझा स्वास्थ्य सहकारीमा विगत १८ वर्षदेखि एउटै नेतृत्व रहदै आएको छ, जसबाट साझा सहकारी दिन दिनैं धाराशायी हुँदै गएको छ । साझा सहकारीको बिनियममा हरेक वर्ष साधारण सभा बोलाउनु पर्ने र हरेक ३ -३ वर्ष चुनावी साधारण सभा बोलाउन पर्ने व्यवस्था छ । सो व्यवस्थालाई ठाडो उल्लंघन गर्दै विगत ६ वर्षदेखि साझा सहकारीको साधारण सभा हुन सकेको छैन । सञ्चालक समितिका केही सदस्यहरु भने विगत लामोसमय देखि एउटै ठाउँमा बस्र्दै आएका छन् । साधारण सभाको बैठक बोलाउन उनीहरुले विभिन्न किसिमबाट आलटाल गर्दै आएका छन् ।

चुनावी साधारण सभाले सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्ने प्रावधान पनि छ । तर २०६८ देखि साझा सहकारीको साधारणसभा र चुनावी साधारण सभा दुबै एक पटक पनि बसेको छैन ।

स्रोतका अनुसार, चुनाव साधारणसभा बोलाउने विषयमा पनि सञ्चाक समितिका सदस्यहरूवीचमै विवाद छ । सरकारद्धारा मनोनित सञ्चालक समितिका सदस्य चन्द्रप्रसाद थानी, दिलमान चन्द र रमेश रिसाल चुनावी साधारण सभा बोलाउनु पर्ने पक्षमा रहेको र २०६८ चैत १७ गते सञ्चालक समितिका सदस्यमा निर्वाचित हिमबहादुर क्षेत्री, केशवनरसिंह राजभण्डारी,र दिलिपमान सिंह चुनावी साधारण सभा बोलाउन आलटाल गर्दै आएको स्रोतको भनाइ छ । सिंह विगत १८ वर्षदेखि साझा सहकारीको सञ्चालक समितिका सदस्यमा बस्दै आएका छन् । उनी साझा सहकारीको व्यापार उपसमितिको संयोजक पनि हुन । व्यपार उपसमितिको संयोजक र सञ्चालक समितिको सदस्यको नाममा उनले साझा सहकारीलाई दुहुनो गाइ बनाउँदै आएको साझाकै एक कर्मचारी बताउछन् ।  

साझा सहकारीका अध्यक्ष गिरिधारीलाल न्यौपाने भने सकेसम्म दुवै पक्षलाई मिलाउने पक्षमा रहेको  स्रोतको भनाइ छ । विगत ६ वर्ष देखि साझाको एउटै नेतृत्व हुँदा कर्मचारीको बृति विकासमा अबरोध सिर्जना भएको र संस्था पनि क्रमश धारासायी हुदै गएको एक कर्मचारी बताउछन् । साझाका महाप्रवन्धक शंकर ढकाल विगत ६ वर्ष देखि साझा स्वास्थ्य सहकारीको साधारण सभा बस्न नसकेको स्विकार गरे । उनले भने,‘ ६ वर्षदेखि साझा सहकारीको सञ्चालक समितिको साधारण सभाको बैठक बस्न सकेको छैन । जसबाट नेतृत्व पनि परिवर्तन भएको छैन ।’ साझा स्वास्थ्यमा हाल २सय ४० कर्मचारी कार्यरत छन् । आफ्ना सदस्यहरु र सर्वसाधारण नागरिकलाई सुपथ मूल्यमा औषधि उपलव्ध गराउने उदेश्यबाट ६५ प्रतिशत सरकारी लगानी रहेको साझा स्वास्थ्य सहकारीमा विगत २५ वर्षदेखि त्यहाँका हाकिमहरूले चरम अनयमितता गर्दै आएका छन् । यसैगरी साझा स्वास्थ्यका कर्मचारीहरले औषधि विक्री वितरणमा करोडौका अनियमिता गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनमा भनिएको छ ।

प्रतिबेदनमा २०५३ देखि हालसम्म साझाका हाकिम तथा निर्देशकरूले पेश्की लिएका विवरण सार्वजनिक गरिएको छ । प्रतिबेदनमा आर्थिक वर्ष २०५३ -५४ देखि विभिन्न व्यक्तिहरुले विभिन्न समयमा  १,करोड ८ लाख ३८ हजार २ य ७३ रुपैयाँ लिई फछ्र्योट नगरेको विवरण राखिएको छ ।  पेश्की फछ्र्योट नगर्ने -नगराउने कर्मचारीलाई कानून बमोजिम कारवाही गर्न पनि केन्द्रले सुझाव दिएको छ । केन्द्रले तयर गरेको सो प्रतिबेदन प्रधानमन्त्रीको कार्यालय र अख्यितार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको केन्द्रका प्रवक्ता वीष्णुराज लामिछानेले बताए ।  साझाले सुपथ मूल्यमा औषधि उपलब्ध गराउन साझा सहकारीले  विभिन्न अस्पतालमा काउन्टर खोल्दै आएको छ । ती काउन्टरहरूको औषधि विक्रिवितरणमा पनि ठूलो रकम अनियमिता भएको  केन्द्रले तयार गरेको प्रतिबेदनमा जनाइएको छ ।

अध्ययन प्रतिबेदनमा साझाका कर्मचारीहरूले औषधि नै गायब गरेको जनाएको छ ।  महाराजगञ्ज औषधि विक्रि कक्षमा २०७२ मंसिर १८ देखि २०७४ असार ८ सम्म  निरप्रसाद काफ्ले  कार्यालय ईन्चार्ज भएको बेला काउण्टरमा ८१ लख ६२ हजार ४४ रुपैयाँको औषधि स्टक हुनु पर्नेमा ६८ लाख ५९ हजार ४सय ८९ रुपैयाँ रहेको देखिएको भन्दै बाँकि १३,लाख २ हजार ५सय ५४ रुपैयाँ बरारको औषधि   गायब गरिएको  प्रतिबेदनमा जनाइएको छ ।

यसैगरी काफ्लेको पालामा २०७४ जेठ २३ देखि २०७४असार ७ सम्म विक्रि भएको रकम ढिलो गरी २०७५असार ३०मा संस्थाको बैंक खातामा रु ५ लाख १८ हजार ५९ रुपैयाँ  दाखिला भएको जनाउँदै ढिलो रकम बैंक दाखिला गर्ने तत्कालिन कार्यालय इन्चार्ज काफ्लेलाई कानून बमोजिम कारवाही गर्न   प्रतिबेदनमा सुझाव दिइएको छ ।  

यसैगरी तत्कालिन काउण्टर ईञ्चार्ज आषुतोष अधिकारी जिम्मा रहेको २०७४ साउन १ देखि २०७५ बैशाख १२ सम्म  प्रहरी अस्पताल महाराजगञ्जको काउन्टरमा २, लाख ४० हजार ६सय २१ रुपैयाँ बराबरको औषधि स्टक घटी देखिएको भन्दै यसमा अनियमिता भएको हुन सक्ने प्रतिबदनमा जनाइएको छ ।

यसैवीच, सतर्कता केन्द्रको प्रतिबेदन सार्वजनिक भए पछि साझा स्वास्थ्य सहकारीको व्यवस्थापन पक्षले अनियमतामा संलग्न ५ कर्मचारीलाई निलम्बन गरेको छ । केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनको आधारमा साझाको व्यवस्थापन पक्षले ५ कर्मचारीलाई निलम्बन गरेको हो । निलम्बनमा पर्ने कर्मचारीहरूमा निरप्रासद काफ्ले, बाबुराम भण्डारी, आसुतोष अधिकारी, गजेन्द्र कार्की र कृष्ण सिवाकोटी रहेको त्यहाँको व्यवस्थापन पक्षले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ