arrow

सन्दिपको पुनरागमनले मेलबर्न स्टार्स उत्साहित

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
sandeep5.jpg

काठमाडौं। नेपाली क्रिकेटका स्टार खेलाडी एवं बिश्व क्रिकेटमा आफ्नो छाप छोड्न सफल सन्दिप लामिछानेको पुनर्गमनले बिग ब्यास लिग (बिबिएल)को टोली मेलबर्न स्टार्स उत्साहित भएको छ। शुक्रबार ब्रिसबेन हिट्स बिरुद्धको खेलमा जित हात पारेमा मेलबर्नको सेमीफाईनल यात्रा निश्चित हुनेछ।

प्रतियोगीताको लिग खेलमा १२ खेल खेलेको मेलबर्नको १२ अंक रहेको छ भने चौथो स्थानमा रहेको छ। २ खेल खेल्न बाँकी रहेको अवस्थामा पहिलो खेल ब्रिसबेनसँग खेल्ने छ भने अन्तिम खेल सिड्नी सिक्सर्स बिरुद्ध रहेको छ।

लिगको पहिलो स्थानमा होबर्ट हुरिकेन १२ खेलमा १८ अंक सहित रहेको छ भने दोस्रोमा सिड्नी सिक्सर्स १३ खेलमा १६ अंक र तेस्रो स्थानमा मेलबर्न रेनेगेडस १३ खेलमा १६ अंक सहित रहेको छ।

सन्दिपले लिगको पहिलो ४ खेलमा ८ विकेट लिईसकेका छन् र त्यसपछि उनी बंगलादेश प्रिमियर लिग र नेपालको युएई बिरुद्धको श्रृखंलाका लागि बाहिरीएका थिए।

उनले बंगलादेशमा शिलेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए भने युएई बिरुद्धको एकदिवसीय अन्तराष्ट्रीय र टि-२० अन्तराष्ट्रीय क्रिकेटको ६ खेलमा ७ विकेट लिएका थिए।  

नेपालले युएई बिरुद्धको दुवै श्रृखंला २-१ले जितेको थियो। मेलबर्न स्टार्सको अन्तिम दुई खेलमा कुनै एक जितले सेमीफाईनल स्थान पक्का गर्नेछ । सन्दिपको आगमनले मेलबर्नको आशा जिवितै रहेको छ।

सन्दिपले ईङल्याण्डका फास्ट बलर लियम प्लंकेटको स्थान लिनेछन्। प्लंकेटले ८ खेलमा १२ विकेट लिएका छन्। मेलबर्नका सबै खेलाडीहरु अहिले टोलीमा फर्किसकेका हुनाले टोली बलियो रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ