arrow

सन्दीपको टिम भिड्दै, सन्दीप अष्ट्रेलिया पुगेरै दंग छन् टिमका सदस्यहरु 

सन्दीप एकमात्र त्यस्ता बलर जसले खेलेका चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरे

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
sandeep-lamichhane.jpg

काठमाडौं । अष्ट्रेलियामा भइरहेको बिग बास लिग टी–२० क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लिग चरणको दोस्रो अन्तिम खेल शुक्रबार खेल्दैछ । मेलबर्नले ब्रिसबेन हिटसँग दिउँसो खेल्न लागेको छ । 

ब्रिसबेनको घरेलु मैदानमा दिउँसो ३ः२५ बजे हुने खेल सेमिफाइनलमा पुग्नका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा विजयी नतिजा ल्याउँदा मेलबर्न एक खेल पहिले नै सेमिफाइनलमा पुग्नेछ । 

मेलबर्न यो खेलमा पराजित भएमा अन्तिम खेलसम्म कुर्नुपर्ने हुन्छ । 

लिगमा होबार्ट हुरिकेन्स, सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाडेस् सेमिफाइनलमा पुगिसकेका छन् भने मेलबर्न स्टार्स १२ अंकबाट चौथो स्थानमा छ । 

सिड्नी थन्डर र ब्रिसबेन हिटको समान ११ अंक छ भने उनीहरुले एक खेल मात्र खेल्न बाँकी छ । 

यो स्थितिमा सन्दीपको टिम बलियो रहेको छ । उसले बाँकी रहेका दुई मध्ये एक खेल जिते पुग्नेछ । 

सन्दीप खेल्न के गर्लान् ? 
शुक्रबारको खेलमा सन्दीप लामिछानेले खेल्ने प्रवल सम्भावना रहेको छ । बुधबारमात्र उनी अष्ट्रेलिया पुगेपछि टिम निकै खुशी भएको छ । 

सन्दीप युएईविरुद्ध भएको नेपालको ऐतिहासिक सफलतापछि सीधै अष्ट्रेलिया पुगेका हुन् । सन्दीपले बिगबास बीचमै छाडेर बंगलादेश प्रिमियर लिग खेल्न आएका थिए । बंगलादेश प्रिमियर लिग पनि बीचमै छाडेर उनी नेपाली राष्ट्रिय टिम विरुद्ध खेले । 

निकै व्यस्त सन्दीपले बीगबासमा उत्कृष्ट प्रदर्शन गरेका छन् । चार खेलबाट ८ विकेट लिइसकेका सन्दीपको अचम्मको संयोग यो छ कि हरेक खेलमा उनले विपक्षी टिमका कप्तानलाई आउट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ