arrow

अन्ततः भेटियो कार्डिफ सिटीका खेलाडी सालाको शव 

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
sala.jpg

काठमडौं । लामो समयको खोजविनपछि अन्ततः इंगलिश प्रिमियर लिग फुटबल क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको शव फेला परेको छ । उनको शव समुद्रको ६७ मिटर मुनि रहेको विमानको भग्नावशेषबाट निकालिएको छ ।  

The body in the plane wreckage in the English Channel has been identified as Emiliano Sala

उनको जिवितै फेला पार्ने सम्भावना नरहेपछि विमान बेपत्ता भएको अर्को दिन नै खोजी रोकिएको थियो । तर जनवरी २१ मा बेपत्ता भएको विमान निजी पहलमा खोजी भइरहेको थियो । 

This is the first picture of the wreckage of Sala's plane as a private search was undertaken

उक्त क्रममा गत आइतबार साला सवार विमानको भग्नावशेष इंगलिश च्यानलमा भेटिएको थियो । सोही विमानको भग्नावशेषमा एउटा शव देखिएको थियो । 

The body, found on Wednesday, was taken to Dorset and carried away on a stretcher to police

उक्त शव परीक्षणपछि बिहीबार मात्रै सालाको भएको पुष्टि भएको थियो ।

Nantes have been rocked by the news of Sala's disappearance as they mourned the loss

फ्रान्सको नान्टेसबाट कार्डिफका लागि उडेको सानो आकारको विमानमा अर्जेन्टिनी स्ट्राइकर सालासँगै पाइलट डेविड इबोस्ट्सन थिए ।

Players paid tribute with shirts and a recent match was stopped in the ninth minute for Sala

कार्डिफले सालालाई जनवरीमा क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । 

पाइलट डेविडको शव भने अझै भेटिएको छैन । 

सालाकी दिदीले शव फेला पर्नासाथ भावपूर्ण विदाइ गरेकी छिन् । उनले सालाको आत्मा सधैभरि चम्किरहने बताएकी छिन् । 

Emiliano Sala's sister posted an image of her brother with his mother before the news was given officially by police



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ