arrow

चाइना एयरलाइन्सका पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
china-airlines-1.jpg

ताइपेइ। ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन्।

शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण २२ ओटा उडान रद्द भएको र यसबाट ४ हजार यात्रु प्रभावित भएको बताइएको छ। हड्तालको कारण रद्द भएका उडानहरुमा बेइजिङ, साङ्घाइ, गुआङ्झाउ शेन्झेन, हङकङ र बैकक रहेका छन्। चाइना एयरलाइन्स शाखाका विमान चालकहरुको युनियन ‘ताओयुआन’ले कैयौं चालकहरुले लामो समयसम्म उडान उडाउनुपर्ने जस्ता समस्या समाधानको लागि माग राखेका थिए।

चालकहरु प्रतिनिधिका अनुसार उडान सुरक्षाको लागि चालकहरुमा भएको क्षमताभन्दा बढी दबाबलाई कम गर्न आह्वान गरेका थिए। गत मङ्गलबार नै यस हड्तालमा भाग लिनको लागि करिब ९०० विमान चालकले सहभागिता जनाएका थिए। माग पूरा नभएको खण्डमा यो सङ्ख्या अझै बढ्ने समेत अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ